काठमाडौं, १९ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०८३ जनामा पीसीआर र १२७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
चौविस घण्टामा ९० जना कोरोनाबाट विसेक भएका छन् ।
अहिले ९४२ जना सक्रिय सङ्क्रमित छन् ।
