काठमाडौं, १५ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४३२२ जनाको पीसीआर र ११४९ जनाको एन्टिजेन परीक्षण गर्दा सो पुष्टि भएको जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा ८६ जना कोरोनाबाट विसेक भएका छन् भने कुनै पनि सङ्क्रमितको ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ज्यान जानेको संख्या ११९५१ पुगेको छ ।
अहिले ११०९८ जना सक्रिय सङ्क्रमित छन् ।
