काठमाडौँ, १२ चैत । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित हुनुभएको छ । समूहको आठौं महाधिवेशन अन्तर्गत निर्वाचन भएर गए राति घोषणा भएको मतपरिणाम अनुसार बिमला कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनुभएको  हो ।

शुक्रबार राति सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की तथा कोषाध्यक्षमा उर्वशी बस्नेत निर्वाचित भएका छन् ।

यता, सदस्यहरूमा सलोजा दहाल, सजना तामाङ, पार्वता चौधरी, नुनुता राई, मन्जिमा ढकाल, लोकसरी कुमारी कुँवर राधा खनाल र पबित्रा मुडबरी निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर