काठमाडौं, १० चैत। पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३८८१ जनाको पीसीआर र १३८७ जनाको एन्टिजेन परीक्षण गरिएको जनाएको छ ।
यसैगरी चौविस घण्टामा २६६ जना कोरोनाबाट विसेक भएका छन् । त्यस्तै, पछिल्लो चौविस घण्टामा एकजना सङ्क्रमितको पनि ज्यान गएको छैन । अहिलेसम्म सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ११,९५१ पुगेको छ ।
अहिले २२०१९ जना सक्रिय सङ्क्रमित छन् ।
