काठमाडौं, ९ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३८५५ जनाको पीसीआर र १५२१ जनाको एन्टिजेन परीक्षण गरिएको जनाएको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा २६९ जना कोरोनाबाट विसेक भएका छन् । सो समयावधिमा एउटा पनि सङ्क्रमितको ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ११,९५१ पुगेको छ भने २४,४५३ जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर