काठमाडौँ, ३ चैत । राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको हृदयघातबाट निधन भएको छ । उहाँ ७३ वर्षको हुनुहुन्थ्यो ।
उहाँको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा हिजो राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ मिर्गौलाको लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका बारेका उहाँका कृतिहरु प्रकाशित छन् । उहाँ राजनीतिक शास्त्र संघको अध्यक्ष पनि हुनुहुन्थ्यो ।
उहाँका श्रीमती र ३ छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर