काठमाडौं, १ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार ४७३४ जनाको पीसीआर र ३१५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
सोही अवधिमा १३० जना कोरोनाबाट विसेक भएका छन् ।
अहिले ४७४६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
