काठमाडौं, ३० फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार ३५३९ जनाको पीसीआर र १८७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
सोही अवधिमा १४८ जना कोरोनाबाट विसेक भएका छन् ।
त्यस्तै, कोरोना सुरु भए यता अहिलेसम्म यस महामारीबाट ज्यान जानेको सङ्ख्या ११,९५० पुगेको छ । तर पछिल्लो चौबीस घण्टामा भने यो संक्रमणबाट नेपालमा कसैको पनि ज्यान गएको छैन ।
अहिले ४८१९ जना सक्रिय सङ्क्रमित छन् ।
