काठमाडौं, २९ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३०६ जनाको पीसीआर र १६४१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
त्यसैगरी चौविस घण्टामा १९२ जना विसेक भएका छन् ।
अहिले ४९१४ जना सक्रिय संक्रमित रहेका छन् ।
