काठमाडौं, २८ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार २२३८ जनाको पीसीआर र २८२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा १९२ जना कोरोनाबाट विसेक भएका छन् ।
यसैगरी अहिले ५०५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
