काठमाण्डौं, २६ फागुन । नेपाली काँग्रेसले स्थानीय चुनाव प्रचार हेतु ७७ बटै जिल्लामा केन्द्रिय तहका नेताहरूलाई कमाण्डरको रूपमा खटाएको छ । यही फागुन २९ गतेदेखि ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नाराकासाथ संचालन हुने काँग्रेसको चुनवी प्रचार अभियानमा उनीहरूको अहं भूमिका हुनेछ ।

केन्द्रबाट खटाइएका स्थनिय चुनावका ती जिल्ला कमाण्डरहरू यसप्रकार छन्  :

प्रदेश १ को : ताप्लेजुङमा तारामान गुरुङ, पाँचथरमा राजिब ढुङ्गाना, इलाममा सरिता प्रसाई, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा आङगेलु शेर्पा, धनकुटामा रामहरि खतिवडा, भोजपुरमा सुशीला शर्मा ढकाल, खोटाङमा कल्पना चौधरी, सोलुखुम्बुमा माया राई, ओखलढुङ्गामा सरस्वती बजिमय, उदयपुरमा प्रदीपकुमार सुनुवार, झापामा उमेशजङ्ग रायमाझी, मोरङमा केसवकुमार बुढाथोकी र सुनसरीमा अमृत अर्याललाई कमाण्डरका रूपमा पठाइएको छ ।

मधेस प्रदेशको : सप्तरीमा महेन्द्रकुमार राय, सिराहामा दिनेश यादव, धनुषामा मञ्जु खाँण, महोत्तरीमा रमेश लेखक, सर्लाहीमा नगीना यादव, रौतहटमा कल्याण गुरुङ, बारामा अजयकुमार चौरसिया र पर्सामा डा. चन्द्रमोहन यादवलाई खटाइएको छ।

वागमती प्रदेशको : दोलखामा हरिशरण नेपाली, रामेछापमा कुन्दनराज काफ्ले, सिन्धुलीमा मुक्ताकुमारी यादव, काभ्रेपलाञ्चोकमा उर्मिला केसी, सिन्धुपाल्चोकमा गंगादेवी अवाल, रसुवामा रमा कोइराला पौडेल नुवाकोटमा मदनबहादुर अमात्य, धादिङमा डा. गोविन्दप्रसाद पोखरेल, चितवनमा उदय शम्शेर राणा, मकवानपुरमा श्यामकुमार घिमिरे, भक्तपुरमा जीतजङ्ग बस्नेत, ललितपुरमा अम्बिका बस्नेत र काठमाडौंमा मोहनबहादुर बस्नेत खटिनुभएको  छ।

गण्डकी प्रदेशको : गोरखामा नानु बास्तोला, लमजुङमा अञ्जली श्रेष्ठ, तनहुँमा मधु आचार्य, कास्कीमा ध्रुव वाग्ले, मनाङमा गणेश लामा, मुस्ताङमा अजयबाबु शिवाकोटी, पर्वतमा प्रतिमा गौतम, स्याङ्जामा ध्यानगोविन्द रञ्जित, म्याग्दीमा चम्पादेवी खड्का, बागलुङमा दिनमान पाख्रिन र नवलपुरमा टेकप्रसाद गुङङ्गलाई तोकिएको छ ।

लुम्बिनी प्रदेशको : नवलपरासीमा मदनकृष्ण श्रेष्ठ, कपिलवस्तुमा गोविन्द भट्टराई, पाल्पामा सरस्वती अर्याल तिवारी, अर्घाखाँचीमा शान्ति परियार, गुल्मीमा दिनेश कोइराला, रुकुम पूर्वमा रुपा विक, रोल्पामा अब्दुल सत्तार, प्यूठानमा टेकबहादृुर गुरुङ्ग, दाङमा प्रदीप पौडेल, बाँकेमा दीपक गिरी र बर्दियामा गुरु बराललाई खटाइएको छ ।

कर्णाली प्रदेशको : रुकुम पश्चिममा सुशीला थिङ, सल्यानमा जीवन राना, डोल्पामा डा. गोपाल दहित, जुम्लामा कृष्णकिशोर घिमिरे, मुगुमा कर्णबहादुर बुढा, हुम्लामा योगेन्द्र चौधरी, कालिकोटमा चन्द्रबहादुर केसी, जाजरकोटमा अब्दुल रज्जाक, दैलेखमा जानकी सिंह र सुर्खेतमा मानबहादुर नेपालीलाइ तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशको : बाजुरामा अर्जुनबहादुर सिंह, बझाङमा मैकुलाल बाल्मिकी, डोटीमा रामजनम चौधरी, अछाममा सीताकुमारी राना, दार्चुलामा राजीवविक्रम शाह, बैतडीमा यज्ञराज जोशी, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा नैनसिंह महर र कैलालीमा गोविन्दबहादुर शाह खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर