काठमाडौं, २६ फागुन । अबदेखि विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुले खोपको मात्रा पूर्ण लगाएको कार्ड देखाए पीसीआर नचाहिने भएको छ ।

कोरोनाको प्रकोप केही हप्तादेखि ह्वात्तै घटेपछि सरकारले यो निर्णय गरेको हो ।

सरकारले एक निर्णय अनुसार पूर्ण मात्रा लिएको खोपको कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने आगन्तुकले क्वारेन्टिन पनि बस्नु पर्ने छैन ।

सरकारको यो निर्णय गर्दा अब हवाई तथा स्थलमार्गबाट स्वदेशी तथा विदेशी यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् ।

तर प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले भने यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाउनु पर्नेछ ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि सम्बन्धित मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल बारे सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ ।

बेलायत लगायतका कतिपय युरोपियन देशले यस अघि नै आगन्तुकलाई पिसिआर नचाहिने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर