ललितपुर, २३ फागुन । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा एकैघरका ५ जनाको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएको दुई वर्षीय शिशुको उपचारका लागी पाटन अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको छ ।
बेहोस अवस्थामा भेटिएका २३ वर्षीय शुभ स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
एसएसपी यज्ञविनोद पोखरेलकाअनुसार परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएको छ ।
एसएसपी पोखरेलका अनुसार सो मृत्यु निसास्सिएर भएको हुनसक्छ ।
