काठमाडौं, १७ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार ४४५८ जनाको पीसीआर र २०४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३५४ जना कोरोनाबाट विसेक भएका छन् ।
मन्त्रालयका अनुसार चौविस घण्टामा २ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९३८ पुगेको छ ।
त्यस्तै अहिलेसम्म ७९७१ जना सक्रिय सङ्क्रमित छन् ।
