काठमाडौं, १२ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिषण गर्दा थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सो समयावधिमा ५५०८ जनाको पीसीआर दुई र २२३५ जनाको एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना कोरोनाबाट विसेक भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९३१ पुगेको छ ।

अहिलेसम्म ९६७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर