काठमाडौ, ११ फागुन । युक्रेन र रुसबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
मन्त्रालयले ती नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक युक्रेनको भ्रमण नगर्न आग्रह पनि गरेको छ।
यस्तै युक्रेनमा बस्ने सबै नेपालीलाई विकास भइरहेको अवस्थाको गणना गर्न र युक्रेनमा बस्न आवश्यक नभएसम्म नेपाल फर्कन, उडान भर्न अनुरोध गरेको छ।
त्यस्तै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् भने उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। मन्त्रालयले सबै नेपालीलाई कुनै पनि सहयोगका लागि बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

