काठमाडौ, २७ माघ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
मुलुकमा पछिल्लोपटक ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी)संसद्बाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरुबीच बहस जारी छ ।
यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसको तयारीबारे सत्ता गठबन्धनका दलहरुबीच विभिन्न चरणमा छलफल पनि जारी छ ।
