काठमाडौं, २४ माघ । पछिल्लो चौविस घण्टामा कोरोनाबाट १३ जनाको ज्यान गएको छ ।

योसँगै ज्यान जानेको संख्या ११,८२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ७८७४ जनाको पीसीआर र ३४९१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही समयावधिमा ६१४६ जना कोरोनाबाट विसेक भएका छन् ।

त्यस्तै, अहिलेसम्म ४०,१११ जना सक्रिय सङ्क्रमित रहेकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर