काठमाडौं, २२ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५२२५ जनाको पीसीआर र ३२८८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही समयावधिमा ४७७१ जना विसेक भएका छन् भने ९ जनाको ज्यान गएको छ । योसँग ज्यान जानेको संख्या ११८०३ पुगेको छ ।

त्यस्तै, अहिले ५२७८० जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर