काठमाडौं, १५ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०, १०१ जनाको पीसीआर र ४४६१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा ५९४२ जना कोरोनाबाट विसेक भएका छन् भने ६ जनाको ज्यान गएको छ।
अहिले सक्रिय संक्रमितको संख्या ८७,३२९ रहेको छ।
