काठमाडौँ, १४ माघ । पछिल्लो चौविस घण्टामा कोरोनाबाट १० जनाको ज्यान गएको छ ।
यससहित अहिलेसम्म ज्यान जानेको संख्या ११,६९७ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौविस घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १९ हजार ८६९ परीक्षण गरिएको थियो ।

सोही समयावधिमा कोरोनाबाट ५४३२ विसेक मन्त्रालयले जनाएको छ । यससहित विसेक हुनेको संख्या अहिलेसम्म ८ लाख ४२ हजार ४३६ जना पुगेको वताईएको छ ।

यसैगरी अहिले सक्रिय संक्रमितको संख्या ८९,९४१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर