काठमाडौं, १२ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा थप ८४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३,५४९ जनामा पीसीआर ६८१० जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ४४३३ जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा ५ जनाको ज्यान गएको छ । यस संख्या सहित अहिलेसम्म ज्यान जानेको सख्या ११,६७४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
