काठमाडौ, १० माघ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ज्यान जानेको उक्त संख्यासंगै कुल संख्या ११,६५९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १०,३१९ जनामा कोरोन पुष्टि भएको छ ।
उक्त संखया २१,२०१ जनाको नमुना परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा २५४० जना कोरोनबाट विसेक भएका छन् भने ८२,५५० संक्रिय संक्रमित छन् ।
