काठमाडौं, ९ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षण गर्दा ५५९८ जना र एन्टिजेन परिक्षण गर्दा ८६४ जना पुष्टि भएको छ ।
यसैगरी मन्त्रालयले पछिल्लो चौविस घण्टामा १४१६ जना कोरोनाबाट विसेक भएका छन् भने ४ जनाको ज्यान गएको छ ।
