काठमाडौं, ८ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण पछि थप १०२५४ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४,४६२ जनामा पीसीआर र ५७२५ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा ७०८ जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ । सोही समयाधिमा १६ जनाको ज्यान गएको छ ।

अहिलेसम्म कोरोनाबाट ११,६५१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ भने ७२८६२ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर