काठमाडौँ, ५ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ ।
उक्त संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ ।
मन्त्रालय अनुसार १८०७८ जनामा पीसीआर परीक्षण र ५३३१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ६१३ जना विसेक भएका छन् भने ४ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
