काठमाडौं,२८ पुस । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ ।

यो क्रम हिजोको तुलनामा आज ६ जनाभन्दा पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयव्दारा प्रकाशित बुलेटिनबाट बुझ्न सकिन्छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो चौविस घन्टामा २७८ जना संक्रमित कोरोनाबाट विसेक भएका छन् भने २ जना संक्रमितको ज्यान गएको छ । मँत्रालयका अनुसार अहिलेसम्म ११६९० सक्रिय संक्रमित रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर