याङ्गुन, २६ पुस । म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय   सुनाएको छ।

नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् ।

स्रोतले एएफपीलाई दिएको जनाकारी अनुसार ७६ वर्षीय वृद्धालाई अवैध रूपमा वाकी-टकीहरू आयात गर्ने र स्वामित्व राख्ने र कोरोनाभाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ । जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् ।
—–

प्रतिक्रिया

सम्बन्धित खवर