काठमाडौं, २० पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३९३ जना मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७७९४ जनामा पीसीआर र एन्टीजेन १५३५ जनामा परीक्षण गरिएको छ ।
पछिल्लो चौविस घण्टामा २६३ जना कोरोनाबाट विसेक भएको छ भने सोही अवधिमा ३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, देशभर हालसम्म पाँच हजार ९४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
