काठमाडौं, १९ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३२६ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २५५ जना कोरोनावाट विसेक भएका छन् भने २ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यससहित कोरोनाबाट ११५९८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, अहिलेसम्म ५००५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
