काठमाडौं, पुस १६ गते । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट ४ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यससहित ज्यान जानेको सङ्ख्या ११ हजार ५९४ पुगेको छ ।
सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २३५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा २१२ जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा
४८७९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
