काठमाडौं, १० पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ पीसीआर परीक्षण र २,१६४ एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा संक्रमणबाट १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोही समयावधिमा २२६ जना कोरोनाबाट विसेक भएका छन् ।

अहिले कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ४,९७८ रहेकोमा सो मध्ये काठमाडौंमा ६८, ललितपुरमा २६ र भक्तपुरमा ४ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर