काठमाडौं, ८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप२९३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित छन्।
यस्तै २६३ जना निको भएका छन भने २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ । नेपालमा हाल ५ हजार १६१ जना सक्रिय संक्रमित छन्। संक्रमितमध्ये हालसम्म करिब ८ लाख ९ हजार जना निको भएका छन् ।
