काठमाण्डौं, २५ मंसिर । पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३०७ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शनिबार सार्वजनिक गरेको आँकडा अनुसार, त्यो अवधिमा पीसीआर प्रविधिबाट ५ हजार ६ सय ७२ जना र एन्टिजेनबाट ३ हजार ५ सय ६ जनाको परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८३ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टमा २ लाख ६६ हजार ९ सय ८८ जनाले कोरोनाको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
