काठमाडौं, २३ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २११ जना कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ल्लो चौविस घण्टामा ३२९ जना संक्रमित विसेक भएका छन्। यससहित विसेक हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ।
उक्त समयावधिमा २ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ। यससहित ज्यान जानेको संख्या ११ हजार ५४९ पुगेको छ।
