काठमाण्डौं, २४ मंसिर । पछिल्लो २४ घण्टामा थप २५ढ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३३७ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार सार्वजनिक गरेको आँकडा अनुसार, त्यो अवधिमा पीसीआर प्रविधिबाट ६ हजार ४ सय ७२ जना र एन्टिजेनबाट ४ हजार १५ जनाको परीक्षण गरिएको थियो ।

आजका दिनसम्म नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय ५२ पुगेको छ भने ८ लाख ६ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ९७ रहेको छ ।

त्यसैगरी  पछिल्लो २४ घण्टमा २ लाख २९ हजार ३ सय २१ जनाले कोरोनाको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर