काठमाडौं, १५ मंसीर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक विदेश भम्रण नगर्न अनुरोध गरेको छ।

प्रेस विज्ञप्तिमा कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएका जनाउँदै सो अनुरोध गरेको हो ।

ओमिक्रोन भेरियन्ट बढी संक्रामक र सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने देखिएको बताए। उनले भन्दै संक्रमण रोक्नका लागि सबै नागरिकले जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

हालसम्म नयाँ भेरियन्ट नेपालमा फेला नपरेको र आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो बनाइएको जानकारी दिइएको छ ।

कोभिड१९ विरुद्धको खोपले रोगबाट बचाउने भएकाले पायक पर्ने खोप केन्द्रमा गई अनिवार्य रुपमा खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

केहि दिन अघि अफ्रिकन मुलुकहरुमा पहिचान गरिएको ओमिक्रोन भेरियन्टले यतिबेला विश्वलाई पुनः त्रसित बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर