काठमाडौं, १३ मंंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २५९ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससहित कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ।

मन्त्रालयका अनुसार गत चौविस घण्टामा २६४ जना कोेरोनाबाट विसेक भएका छन्। यो सँगै विसेक हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ।

सोही समयावधिमा १ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ।
हालसम्म संक्रमणबाट ज्यान जानेको संख्या ११५२४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर