चीन, ५ मंसीर । चिनियाँ टेनिस खेलाडी पङ्ग स्वाअए बेइजिङमा भएको एक खेल प्रतिस्पर्धामा पाहुनाको रूपमा सहभागी भएको राज्य नियन्त्रित मिडिया फुटेजमा जनाइएको छ।

राज्य समर्थित मिडियाले आइतावार ट्विटरमा पङ्ग भन्दै एक क्लिप छापेको छ।

विभिन्न मुलुकका सरकारहरू, टेनिस अधिकारीहरू र खेलाडीहरूले उनी हाल कस्तो स्थितिमा छन् भन्नेबारे चिन्ता व्यक्त गरेका छन्।

दुई हप्ता अगाडि उनले चिनियाँ पूर्व उपप्रधानमन्त्रीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। त्यसयता उनी विमिन्स टेनिस एशोसियशन (डब्लूटीए)सँग प्रत्यक्ष सम्पर्कमा छैनन्।

आइतवार सरकार समर्थित मिडिया द ग्लोबल टाइम्सले प्रकाशित गरेको क्लिपमा उनी एउटा किशोरहरूको टेनिस प्रतिस्पर्धाको अन्तिम चरणको खेलमा पाहुनाका रूपमा भएको भनिएको छ।

तर डब्लूटीएका प्रवक्ताले रोयटर्स समाचार संस्थालाई बताए अनुसार पछिल्ला भिडिओहरू उनको सुरक्षाप्रति व्यक्त गरिएको चासोको सम्बोधन गर्दैन।

पङ्ग स्वअए विवादबारे बीबीसी रियालीटी चेकले तयार पारेको एक रिपोर्टः
चीनकी प्रख्यात टेनिस खेलाडी पङ्ग स्वाअएले सामाजिक सञ्जाल वेबो मार्फत एक जना पूर्व वरिष्ठ राजनीतिज्ञ विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएको केही समयमै उनको त्यो व्यक्तिगत खाता सेन्सर गरियो।

पङ्ग विरुद्ध प्रयोग गरिएको अनलाइन सेन्सरशिपको तरिका बुझ्नका लागि हामीले त्यस दिन भएको घटनाक्रमलाई नियालेका छौँ।

पङ्गको पोस्टलाई के गरियो?

नोभेम्बर २ तारिखमा उनले वेबोमा एउटा पोस्ट सार्वजनिक गरिन् जसमा चीनका पूर्व उप(प्रधानमन्त्री झाङ गाओलीसँग यौन सम्बन्ध राख्न आफूलाई बाध्य पारिएको उल्लेख गरिएको थियो।

उक्त पोस्ट केही समयपछि हरायो सम्भवतः लगभग एक घण्टामै।

वेब्याक मशिन इन्टरनेट टुलको प्रयोग गरेर हेर्दा उक्त दिनको अन्त्यसम्ममा त्यस्तो कुनै पोस्ट गरिएको सङ्केत समेत बाँकी थिएन।

त्यसपछि हामीले फेरि पङ्गको टाइमलाइन हेर्‍यौँ। उनका थप छ वटा पोस्ट हटाइएका थिए।

चीनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी हाओ हेइदोङ्ग पनि सेन्सरसिपका सिकार भइसकेका छन्

चीनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी हाओ हेइदोङ्ग पनि सेन्सरसिपका सिकार भइसकेका छन्

चीनमा प्रख्यात खेलाडीको आवाज दबाइएको यो पहिलो पटक होइन।

गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टी हटाइनुपर्ने धारणा सार्वजनिक रूपमा राखेपछि चीनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी हाओ हेइदोङ्ग अनि संन्यास लिइसकेकी पूर्व ब्याडमिन्टन खेलाडी उनकी पत्नीलाई इन्टरनेटमा सेन्सर गरिएको थियो।

उनका फलोअरहरूलाई कसरी अवरोध गरिएको छ?

ट्विटरमा जस्तै वेबोका प्रयोगकर्ताहरूले सामान्यतया पोस्टमा प्रतिक्रिया जनाउन पाउँछन्।

तर पङ्गको टाइमलाइनमा प्रतिक्रिया जनाउन नमिल्ने बनाइएको छ जस कारण ५ लाखभन्दा बढी उनका फलोअरहरू उनीसँग उक्त प्लेटफर्ममा संवाद गर्नबाट वञ्चित भएका छन्।

त्यस्तै केही निश्चित शब्दहरूको खोजीमा समेत अस्थायी प्रतिबन्ध लगाइएको छ।

उदाहरणका लागि कुनै प्रयोगकर्ताले पङ्गको नाम इन्टरनेटमार्फत खोजी गर्न खोजे त्यसका नतिजामा प्रतिबन्ध लगाइएको छ।

बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर