काठमाडौं, २ मंसिर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २९९ जना कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार अहिले कुल संक्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना पुगेको छ भने ७६४२ जना सक्रिय संक्रमित छन्।
पछिल्लो चौविस घण्टामा २६० जना संक्रमित विसेक भएका छन्। सोही समयावधिमा कोरोनाबाट ६ जना संक्रमितको ज्यान गएको छ ।
