
काठमाडौँ, ११ फाल्गुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आज विहान दिल्लीस्थित यकृत एवं पित्त विज्ञान अस्पताल भर्ना हुनुभएको छ ।
उहाँलाई आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने उहाँका प्रेस सल्लाहाकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाउनुभएको छ ।
डा.भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली जानुभएको थियो । उहाँ लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ ।