काठमाडौँ, २७ असोज ।   नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए । फाइनल खेल आगामी शनिबार राति हुनेछ ।

अब भारत र माल्दिभ्सबीचको खेलले दोस्रो फाइनलिस्ट को हुने तय गर्नेछ । माल्दिभ्सको ६ तथा भारतको ५ अंक रहेको छ । माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर