काठमाडौ, ९ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
उहाँले उक्त घोषणा नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले आज आयोजना गरेको एक कार्यक्रममा वताउनुभएको हो ।
नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि उम्मेदवारी दिने वताउनभएको थियो ।
उहाँले अहिले पार्टी लथालिंग अवस्थामा पुगेको वताउँदै १४ महाधिवेशनले फेरी पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने वताउनुभयाो ।
