इस्लामावाद, २७ भदौ  ।  पाकिस्तानको सरकारी   एयरलाइन्स, पिआइएले  नियमितरुपमा  इस्लामावाद–  काबुल उडान पुनःशुरु गर्ने  भएको छ ।

पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ ।

पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको हो ।

अफगानिस्तानमा तालिबानीले हमला गरेर   सत्ता कब्जा गरेपछि पाकिस्तानको यो  एयरलाइन्सले पनि  आफ्ना   सबै उडान बन्द गरेको थियो ।

त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए । तर अरु देशका यी कम्पनीले भने उडान शुरु गरेका छैनन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर