खाँदबारी, २१ भदौ । मादी नगरपालिका १, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ ।
हत्या अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय तेजबहादुर कार्कीको परिवारका सवैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
हत्यामा ५८ वर्षीया कार्की सहित उहाँको ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको एक टोली घटनास्थल पुग्न लागेको जनाइएको छ ।
