काठमाडौ , २० भदौ । प्रख्यात योगगुरु सदगुरुनेपाललाई ‘एसियाको स्वीट्जरल्याण्ड’ भन्दै यसको उचित व्यवस्थापन गरेमा समृध्दिको बाटो खुल्ने वताउनुभयो ।

उहाँले उक्त कुरा पर्यटन वोर्डमा उहाँको सम्मानमा आयोजित एक समारोहमा वताउनुभएको हो ।

उहाँ नेपालको लिमि भ्याली हुँदै कैलाश मानसरोवर यात्रा गर्दै पुनः काठमाडौं आइपुग्नु भएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा सदगुरुले नेपाल एसियाको स्वीट्जरल्याण्ड भएको बताउनुभयो ।
यहाँ नेचर, कल्चर, एडभेन्चर सबै भएको भन्दै आवश्यकता केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन । उहाँले, ‘त्यो चिन्तन उजागर हँुदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’भन्नुभयो ।
नेपाल विश्वका अन्य देश जस्तो होइन, यो भूमिमा अलौलिक आनन्द प्राप्त हुन्छ भन्दै उहाँले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्न सुझाव दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर