धनगढी, १५ भदौ । एमाले सुदूरपश्चिमका १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा आवध्द भएका छन् ।
प्रदेशसभामा एमालेका कूल २४ जना सांसद (सभामुख बाहेक) मध्ये १० सांसदले आज नवगठित नेकपा (एस ) रोजेका हुन् ।

उनीहरुले पार्टी विभाजनसँगै आज सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालयमा उपस्थित भएर सनाखत गरेका छन् ।
सनाखत गर्ने सांसदहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।

नेकपा(एस)मा भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी, पूर्व प्रमुख सचेतक तारा लामा तमाङ र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पनि सनाखत गर्ने बताइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर