काठमाडौँ, १४ भदौ ।  राजधानी भित्रीने मुख्यनाका नौबिसे थानकोट सडकखण्ड अबरुध्ध हुदा काठमाण्डौको जन जिवन अस्त ब्यस्त बनेको छ ।दैनिक उपभोग्यका बस्तुहरुको मनोमानि दर रेटमा बिक्री भै रहेको छ । खासगरी तरकारीको अभाब हुन थालेको छ ।

अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिनुभयो ।

अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उहाँले बताउनुभयो । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर