काठमाडौ, ३२ साउन । सरकारले प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई बर्खास्त गरी सो स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ।

वालुवाटारमा आज वसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
वैठकले महोत्तरीका मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मिश्र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र पूर्व सांसद रहिसक्नुभएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर