वुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो ।
गत वैशाखदेखि विपक्षी गठबन्धनले पोखरेललाई हटाउनका लागि दवाव दिँदै आएका थिए ।
विपक्षी गठबन्धनले नेकपा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।
